२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः पञ्जाब र गुजरात भिड्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं खेल अन्तर्गत आज राति (७ः४५ बजे)गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच मुम्बईको ब्रेबोर्न स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । आईपीएलमा दुवै टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

यस सिजनमा पन्जाबको टोलीले तीन खेलमध्ये दुई खेल जितेको छ । अर्कोतर्फ, गुजरात यो सिजन एक खेल पनि नहार्ने एकमात्र टोली हो। गुजरातले दुई खेल खेल्दा दुवैमा जित निकालेको छ । यद्यपि, हार्दिकको कप्तानीमा रहेको टोली अझै सन्तुलित देखिएको छैन । गुजरातका लागि शुभमन गिलले राम्रो इनिङ खेलेका छन्, तर टोलीमा अन्य भरपर्दो ब्याट्सम्यानको अभाव खड्किएको छ ।

गुजरातले पहिलो खेलमा लखनउलाई पराजित गरेको थियो भने दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको थियो । यसैगरी, पञ्जाबले पहिलो खेलमा बैंगलोरविरुद्ध २०० रनको लक्ष्य पछ्याएको थियो भने कोलकातासँग पराजित भएको थियो। तेस्रो खेलमा पञ्जाबले चेन्नईलाई ५४ रनको ठूलो अन्तरले पराजित गरेको थियो ।

यो सिजन पञ्जाब किंग्सको ब्याटिङ पक्ष निकै बलियो छ । टोलीमा धेरै विस्फोटक ब्याट्सम्यान छन् । पञ्जाबसँग आठ उत्कृष्ट ब्याट्सम्यान छन्, जसमध्ये सातौं क्रमसम्म पनि खेलको नतिजालाई आफ्नो पक्षमा ल्याउने क्षमता छ । जसको उदाहरण रबाडाले बलिङमा मात्र नभर्य ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्नु हो । तर, पञ्जाबको बलिङ त्यति बलियो छैन ।

पञ्जाबसँग रबाडा र अर्शदीप तथा वैभव अरोरामा दुई राम्रा फास्ट बलरहरू छन् जुन आफ्नो पहिलो खेलमा प्रभावित भएका थिए । त्यसमध्ये वैभवसँग अनुभवको कमी रहेकाले टिमले उनीबाट त्यती अपेक्षा गर्न सक्दैन । स्पिनको जिम्मेवारी राहुल चाहरको काँधमा छ र प्रदर्शन उत्कृष्ट छ, तर टोलीमा अन्य स्पिनर छैनन् । लियाम लिभिङस्टोनले अन्तिम खेलमा राम्रो प्रदर्शन गरे पनि उनीमाथि धेरै भरोसा गर्न गाह्रो छ ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातको कुरा गर्दा यो टोलीको सबैभन्दा ठूलो पक्ष भनेको बलिङ हो । गुजरातसँग सामी र लोकी फर्गुसन दुई उत्कृष्ट फास्ट बलर छन्, जो लगातार विकेट लिन सक्ने क्षमता राख्छन् । यस्तै, टी–२० का सबैभन्दा खतरनाक स्पिनर राशिद खान पनि यो टोलीमै छन् । कप्तान हार्दिक पाण्डेले पनि राम्रो पेस र लाइन लेन्थका साथ बलिङ गरिरहेका छन् । यसका अलावा राहुल तेवाटिया र विजय शंकरले पनि बलिङ गर्न सक्छन् ।

अर्कोतर्फ गुजरातको ब्याटिङ निकै कमजोर छ । शुभमन गिल बाहेक कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेका छैनन् । राहुल तेवाटिया, कप्तान हार्दिक र मिलरलगायत धेरै ब्याट्सम्यानको सानो योगदानले यो टोलीले दुई खेलमा जित पक्कै जितेको छ, तर ठूलो लक्ष्य पाएमा यो टोली दबाबमा आउन सक्छ ।