२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डका कप्तान रुटले दिए राजीनामा



अ+ अ-

काठमाडौं । इंग्ल्यान्ड टेस्ट क्रिकेट टिमका कप्तान जो रुटले शुक्रबार पदबाट राजीनामा दिएका छन् । वेस्ट इन्डिजविरुद्धको शृंखला गुमाएपछि रुटले कप्तानीबाट हटेका हुन् ।

३१ वर्षीय रुट सन् २०१७ मा इंग्ल्यान्ड टेस्ट क्रिकेट टोलीको कप्तान नियुक्त भएका थिए । रुटको कप्तानीमा इंग्ल्यान्डले पाँच वर्षमा कीर्तिमानी धेरै टेस्ट खेल जितेको छ ।

इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको तेस्रो टेस्ट १० विकेटले हारेकोे थियो । पहिलो र दोस्रो टेस्ट बराबरीमा सकिएको थियो । इंग्ल्यान्ड पछिल्ला नौ खेलमा जितविहीन छ ।

रुटले कप्तान हुँदा पाँच हजार २९५ रन बनाएका छन् । त्यो कुनै पनि इंग्ल्याान्डका कप्तानले बनाएको भन्दा धेरै रन हो । त्यसक्रममा रुटको १४ शतक समावेश छ ।

रुटले ६४ टेस्ट क्रिकेटमा कप्तानी गरेका छन् । उनको कप्तानीमा इंग्ल्यान्डले २७ खेल जितेको थियो भने २६ खेल हारेको थियो ।