२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भण्डारी र आश्रितको शालिक तोडफोड घटनाप्रति फाउण्डेशनको ध्यानाकर्षण



अ+ अ-

काठमाडौ । मदन भण्डारी फाउण्डेशनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा रहेको जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फाउण्डेशनका सचिव पेम्बा लामाले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक र सामाजिक रूपान्तरणको आन्दोलनमा होमिए बापत मृत्युवरण गर्नुपरेका दुई जना लोकप्रिय नेताहरूको नाममा स्थापित संरचनाहरूलाई क्षति पुर्‍याउनु वा उहाँहरूको शालिक तोडफोड गर्नु एउटा विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहारको द्योतक भएको जनाउनु भएको छ ।

बिज्ञप्तिमा भनिएकोछ “लोकतन्त्रको उच्चतम अभ्यासको रूपमा रहेको स्थानीय निर्वाचनको प्रक्रिया सुरु भएसँगै घटेको यो घटनाले लोकतान्त्रिक शक्तिहरूलाई चुनौती दिएको अनुभूति भएको छ ।”

फाउण्डेशनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

बिहिबार राती अज्ञात समूहले दिव्य बाल पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको थियो ।

तोडफोड पछि मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पुरै शालिक उखेलेर फालिएको अवस्थामा भेटिएको थियो ।

 




भर्खरै