२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामविरुद्ध आर्सनलको जित, शीर्ष चारमा यथावत



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले वेस्टहाम युनाइटेडलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

खेलको ३८ औं मिनेटमा रव होल्डिङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा जारोर्ड बोएनले गोल गर्दै वेस्टहामलाई बराबरीमा ल्याए ।

५४ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २–१ को स्थितीमा लगे । त्यसपछि खेलमा दुबै टिमले गोल गर्ने प्रयास गरेपनि गोल सम्भव भएन । अन्ततः आर्सनलले चौंथो स्थानमा रक्षा गर्यो । उसको ३४ खेलबाट ६३ अंक छ । वेस्टहाम ३५ खेलबाट ५२ अंकसहित सातौं स्थानमा रहेको छ ।