२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा श्वेत व्यक्तिले सुपरमार्केटमा चलाएको गोलीबाट १० जनाको मृत्यु



अ+ अ-

न्यूयोर्क : एक जना १८ वर्षीय श्वेत युवाले अन्धाधुन्ध गोली चलाएर शनिबार १० जनाको हत्या गरेका छन् । धेरै गोलाबारुद बोकेर एउटा सपिङ मलमा छिरेका उनले अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

श्वेत अतिवादी समूहका ठानिएका ती युवकले आफूले गरेको गोली प्रहारलाई आफ्नो क्यामेरामा लाइभ रेकर्ड गरेका थिए ।

सैनिक पोशाक र हेल्मेटमा सुसज्जित ती बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा अरु तीन जना पनि गोली लागेर घाइते भएका छन् । मृतक र घाइतेहरु सबैजसो अफ्रिकी अमेरिकी मूलका अश्वेत नागरिक छन् ।

न्यूयोर्कको बुफालोस्थित टप्स सुपरमार्केटमा प्रवेश गर्नुअघि पार्किङ एरियामा तीन जनालाई गोली हानेका थिए । त्यसपछि सुपरमार्केट भित्र प्रवेश गरेका उनले अन्धाधुन्ध गोली चलाएको प्रहरीको भनाई छ ।

मारिएकाहरुमा त्यही सुपरमार्केटमा कार्यरत एक जना अवकाशप्राप्त सैनिक पनि रहेका छन् । उनले ती युवकलाई छेक्ने प्रयास गरे पनि सफल नभएको बताइएको छ ।

एफबिआईका एजेन्टहरुले आक्रमणकारी व्यक्तिले जातीय द्वेशका आधारमा आक्रमण गरेको र त्यसका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । एएफपी