२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरमा रेणु दाहालको २२०५ मतको अग्रता



रेनु दाहाल
अ+ अ-

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनबाट प्रमुखका उम्मेदवार रेणु दाहालले फराकिलो अग्रता बनाउनु भएको छ ।

भरतपुर महानगरपालिका–७ र ८ को मतगणना भइरहँदा दाहालले ११ हजार ७५० मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेबाट मेयरका प्रत्यासी विजयी सुवेदीले ९ हजार ५४५ मत प्राप्त गर्नु भएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार १७१ मत प्राप्त गर्नु भएको छ ।

२७ हजार ४४७ मत गणना गर्दा रेणु दाहालले एमालेका उमेदवार विजय सुवेदीभन्दा २२०५ मतले अग्रता लिनु भएको छ ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ९३८ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका हिमला गुरूङले ७ हजार ७५० मत प्राप्त गर्नु भएको छ ।

भरतपुरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन माओवादी उमेदवार रेणुु दाहाललाई रहेको छ भने नेकपा एमालेका उमेदवार सुवेदीलाई राप्रपाको समर्थन प्राप्त छ ।

कुल २९ वटा वडा रहेको भरतपुरको वडा नं १ बाट गणना कार्य सुरू गरिएको थियो । भरतपुर महानगरपालिकामा रहेका कुल एक लाख ८५ हजार ७५२ मतदातामध्ये ६७ प्रतिशत अर्थात् एक लाख २५ हजार ५५० मत खसेको छ ।