२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक राजु लामा सगरमाथा आरोहण गरेर फर्किए



अ+ अ-

काठमाडौँ । सगरमाथाको सफल आरोहण गरेर गायक राजु लामा काठमाडौँ फर्किएका छन्। यही जेठ २ गते गायक लामासहित २७ जनाको आरोही टोली सगरमाथाको शिखरमा पुगेको थियो ।

सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले सगरमाथाको चुचुरोमा पुग्दा आफूलाई हामी यति सुन्दर देशमा छौँ भन्ने गर्व भएको बताए । आफूलाई नेपाली हुनुमा गर्व लागेको भन्दै उनले भने, “नेपालमा सबैभन्दा ठूलो र राम्रो हिमाल छ। त्यो सगरमाथामा मैले पनि पाइला टेक्ने अवसर पाएँ ।”

सगरमाथा आरोहण गर्ने क्रममा गायक लामाले छ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्टसमेत गरेका थिए । जलवायु परिवर्तनले कष्टकर बन्दै गएको जीवनलाई आफ्नो स्तरबाट कसरी सन्देश दिन सकिन्छ भनेर एकल कन्सर्ट गरेको उनले सुनाए ।

सुरुमा छ हजार ५७४ मिटरको उचाइमा कन्सर्ट गरेका गायक लामाले त्यसपछि फेरि सात हजार ९०० मिटरको उचाइमा कन्सर्ट गरेका थिए । उनले गरेको कन्सर्ट विश्वमै सबैभन्दा उचाइमा गरिएको कन्सर्ट बनेको छ ।

कन्सर्टमा उनले आफूले सार्वजनिक नै नगरेका ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीत गाएका थिए । साथै उनले मंगोलियन हार्ट ब्यान्डका केही चर्चित गीतसमेत गाएका थिए ।