३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचनः कर्णालीमा कांग्रेस बन्यो पहिलो दल



Nepali Congress
अ+ अ-

कर्णाली । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत कर्णालीका १० जिल्लाका ७९ वटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगकाअनुसार कर्णालीमा नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले २३, नेकपा (एमाले)ले १५ र नेकपा (एकीकृत समाजवादी)ले चार तथा स्वतन्त्र उम्मेदवारले पाँच पालिकाको नेतृत्व पाएका छन् ।

विसं २०७४ को निर्वाचनमा २६ पालिकाको नेतृत्व लिएर पहिलो दल बनेको एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ भने तेस्रो दल कांग्रेस ३२ पालिकाको नेतृत्व गर्दै पहिलो शक्तिका रुपमा स्थापित भएको छ । कांग्रेसले रूकुम पश्चिमका दुई, सुर्खेतका चार, जाजरकोटका तीन, हुम्लाका तीन, कालीकोटका दुई, जुम्लाका पाँच, मुगुका दुई, डोल्पाका एक, सल्यानका पाँच र दैलेखका पाँच पालिकाको नेतृत्व जित्न सफल भयो ।

एमाले विभाजनपछि स्थानीय तहमा पहिलो शक्ति बनेको माओवादी केन्द्र यसपटकको निर्वाचनमा दोस्रोमै सीमित बन्न पुग्यो । विसं २०७४ मा २५ पालिकाको नेतृत्व लिएको माओवादी केन्द्र यसपटक २३ पालिकामा झरेको हो । माओवादी केन्द्रले रूकुम पश्चिमका चार, सुर्खेतका एक, दैलेखका दुई, जाजरकोटका एक, हुम्लाका तीन, कालीकोटका पाँच, जुम्लाका दुई, मुगुका एक, डोल्पाका दुई र सल्यानका दुई पालिकाको नेतृत्व लिएको छ । विसं २०७४ को निर्वाचनमा एउटा पनि पालिका नजितेको दैलेखमा यसपटक दुई र सुर्खेतमा एक पालिकामा विजय हासिल गरेको छ ।

एमालेले भने कर्णालीका कालीकोट, हुम्ला, मुगु, जुम्ला र रुकुम पश्चिमका कुनै पनि पालिकाको नेतृत्व लिन सकेन । एमालेले यसपटक सुर्खेतका चार, दैलेखका चार, जाजरकोटका तीन, डोल्पाका तीन र सल्यानका दुई पालिकाको मात्र नेतृत्व पाएको छ । एकीकृत समाजवादीले डोल्पाका दुई, मुगु र सल्यानका एक/एक पालिकाको नेतृत्व पाएको छ ।

यसपटकको निर्वाचनमा हुम्लाको चङ्खेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जबकि विसं २०७४ को निर्वाचनमा सल्यानमा एक र डोल्पाका तीन पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।

यसैबीच कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले एक विज्ञप्ति जारी गर्दै पार्टीलाई कर्णालीमै पहिलो शक्तिका रुपमा स्थापित गराउन मतदान गर्ने सबैमा धन्यवाद व्यक्त गरेका छन् ।