२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको विश्वासलाई शिरमा राखेर काम गर्न वरिष्ठ नेता पौडेलको आग्रह



file
अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेपछि आज आयोजित विजयसभालाई सम्बोधन गर्दै उहाँले जनताको विश्वासलाई साकार गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । जनताको विश्वासमाथि तुषारापात हुन दिन नहुने भन्दै वरिष्ठ नेता पौडेलले शासक नभई जनताको सेवक बनेर काम गर्न आग्रह गर्नुभयो । उहाँले ठोस विकासका लागि काम गर्न आग्रह गर्दै भन्नुभयो, “नगरको विकासमा धेरै काम गर्न बाँकी छ, विकासको कामलाई मूर्त रुप दिन बाँकी छ ।”

जनतालाई गाउँमै बसुँबसुँ बनाउनका लागि आफूले राजनीति सुरु गरेको भन्दै पौडेलले उक्त अभियान सफल भएरै छाड्ने बताउनुभयो । राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र विकासलाई गति दिएर नेपाललाई सफल बनाउने अभियान कांग्रेसको मूल ध्येय रहेको उहाँको भनाइ थियो । देशको विकास र स्थायित्वका लागि गठबन्धन गरिएको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि गठबन्धनलाई निरन्तरता दिइने बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले घोषणापत्रअनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । व्यासका नवनिर्वाचित प्रमुख वैकुण्ठ न्यौपानेले जनताको भावनाअनुसार काम गर्ने बताउनुभयो ।