२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाय:द्यो (खड्ग जात्रा)सहित तलेजुको घोडा जात्रा सम्पन्न

भक्तपुर । बडादसैंको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पाय:द्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा सम्पन्न भएको छ । एकादशीको दिन आज बिहान पाय:द्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाउने परम्परा रहेको संस्कृतविद् प्रकाश कायस्थले जानकारी दिनुभयो ।