३० जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाँदर आतङ्कका कारण खाद्यबालीको विकल्प रोज्दै किसान

बागलुङ। बागलुङका किसानले बाँदर आतङ्कका कारण परम्परागत खेती गर्न छाडेका छन् । बसाइँसराइका कारण गाउँघर सुनसान हुँदै गएपछि बाँदर आतङ्क बढेको हो । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, फापरलगायत फलफूल नष्ट गरिदिएपछि बाँदरले नष्ट नगर्ने खेती गर्न थालेका हुन् । किसानले खाद्यबालीको विकल्पमा अकबरे खुर्सानीको खेती गर्न थालेका छन् ।