© 2023
काठमाडाैँ । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लिँदा सवारी आवागमन अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्तापूर्व)स्थित विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने उक्त खण्डमा हिलो र चिप्लोपनका कारण सवारीसाधन सञ्चालनमा समस्या आएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार शुक्रबार दिउँसोदेखि परेको