२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण सडक चिप्लिँदा बुटवल-नारायणगढ सडक अवरुद्ध



अ+ अ-

काठमाडाैँ । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लिँदा सवारी आवागमन अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्तापूर्व)स्थित विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने उक्त खण्डमा हिलो र चिप्लोपनका कारण सवारीसाधन सञ्चालनमा समस्या आएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार शुक्रबार दिउँसोदेखि परेको वर्षाले सडक अत्यधिक हिलो र चिप्लो बनेपछि उकालोमा सवारीसाधन चढ्न नसक्दा जामको स्थिति सिर्जना भएको हो। दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपासका क्षेत्रमा सवारीसाधन फसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

“हल्का वर्षा हुँदा पनि सवारीसाधन चिप्लिएर गुड्न सकेका छैनन्, हिलोका कारण गाडी फस्ने समस्या बढेको छ,” प्रहरी उपरीक्षक खड्काले भने, “विशेषगरी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारीसाधन उकालोमा अड्किँदा आवागमन प्रभावित भएको छ।”

नारायणगढ–बुटवल सडक आयोजनाले दाउन्ने खण्डमा सडक मर्मत तथा सञ्चालन सुचारु गर्न प्रयास भइरहेको जनाएको छ। उक्त सडकखण्डको निर्माण कार्य अझै सम्पन्न नभएकाले सामान्य वर्षामै पनि यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।

यसैबीच आयोजनाले चैत ८ गतेसम्म दैनिक बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। हाल साना सवारी, लामो दूरीका यात्रुवाहक तथा आकस्मिक सेवाका सवारीसाधन सञ्चालन भइरहे पनि सडकको अवस्थाका कारण आवागमन सहज हुन सकेको छैन।




भर्खरै