२५ जेष्ठ २०८३, सोमबार
,
Latest
६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य



अ+ अ-

काठमाडाैँ । एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तगर्तको आज भइरहेको खेलमा हङ्कङले नेपाललाई जितका लािग एक सय ८९ रनको लक्ष्य दिएको छ ।

सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८८ रनको योगफल बनाएको हो । हङ्कङका लागि अशुङ्मन रथले सर्वाधिक ८० रनको योगदान दिए । उनले ४५ बलमा छ चौका र छ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङ खेलेका हुन् ।

त्यस्तै सहिद वासिफले २८ बलमा सात चौका र तीन छक्काका साथ ५५ रन बनाउँदै आउट भए भने शिव माथुरले २१ बलमा २६ रन बनाए । बलिङतर्फ नेपालका लागि शेर मल्लले चार विकेट लिए । त्यसैगरी करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे । नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

यता हङ्कङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको हो । यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजनामा हुने एसियन खेलका लागि छनोट भइसकेका छन् ।

यसैबीच, दीपेन्द्र सिंह ऐरीले आफ्नो ट्वान्टी-२० अन्तरराष्ट्रिय ‘करियर’मा आजकै खेलमार्फत १०० खेल पूरा गरेका छन् । सन् २०१८ जुलाई २९ तारिखमा नेदरल्याण्ड्सविरुद्ध लण्डनको लड्समा पहिलो ट्वान्टी-२० आई खेलेका उनले आज भएको हङ्कङविरुद्धको खेलमा १०० खेल पूरा गरेका हुन् ।




भर्खरै