२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँः मुख्यमन्त्री गिरी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेशवासीलाई नमूना राजधानी सहर हस्तान्तरण गर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश छैटौँ स्थापना दिवसको अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममा उहाँले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमूना सहरका रुपमा विकास गर्ने योजनासहित सरकारले काम गरिरहेको बताउनुभयो ।