© 2023
काठमाडौँ : नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्याउनुभएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० अनुसार विस्तृत अध्ययन, छलफल र मूल्याङ्कनपछि उक्त टिकट प्रकाशनका लागि सिफारिस गरेको थियो ।