२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली भूमिलाई प्रयोग गरेर तिब्बती शरणार्थीलाई उकास्ने काम भयो: ओली



अ+ अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिकी उपसहायक मन्त्री उज्रा जियाले नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई उक्साउने गतिविधि गरेको बताउनु भएको छ ।

एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले नेपाली भूमिलाई प्रयोग गरेर तिब्बती शरणार्थीलाई उकास्ने कार्य भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो ‘नेपालको परराष्ट्र नीतिका स्थापित मूल्य र मान्यताहरुलाई खण्डित गर्ने प्रकारको व्यवहार अमेरिकी उपसहायक विदेशमन्त्रीबाट भयो,।’

ओलीको भनाई उदृत गर्दै एमाले प्रमुख सचेतक बिशाल भट्टराईले भन्नुभयो ‘नेपाली भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने परराष्ट्र नीति रहेको भन्दै त्यसमा एमाले प्रतिवद्ध भएर लाग्छ ।’

नेपाल भ्रमणका क्रममा अमेरिकी उपसहायक मन्त्री जियाले जावलाखेल र बौद्धस्थित तिब्बती शरणार्थी शिविरमा पुगी भेट गर्नुभएको थियो । नेपाल आउनु अगाडी जियाले भारतस्थित धर्मशालामा दलाई लामालाई भेट गर्नुभएको थियो । जियाको नेपाल भ्रमण र तिब्बती शरणार्थीसँगको भेटलाई चीनले चासोका साथ लिएको जनाईएको छ ।