२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको विजयमा विशाल र्‍यालीको तयारी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को जीत सुनिश्चित भएको छ । अब तीन वटा मात्र वडाको मत गणना बाँकी हुँदै ती वडामा खेसको मत संख्याभन्दा बढीले बालेनले आफ्ना प्रतिस्पर्धीलाई उछिनिसकेकाले उनको जीत सुनिश्चित भएको हो ।

सम्भवतः आजै ती तीनै वटा वडाको मत गणना सम्पन्न भएपछि बालेन विजयी भएको घोषणा हुनसक्छ । उनलाई विजयी घोषणा हुनुबित्तिकै समर्थकहरुले विशाल र्याली आयोजना गर्ने तयारी गरेका छन् । मतगणना भएका स्थल राष्ट्रिय सभागृहबाट र्याली सुरु गर्ने र महानगरका थुप्रै स्थानमा परिक्रमा गर्ने बताइएको छ ।

बालेनको पक्षमा सक्रियरुपमा लागेका पूर्वसचिव भीम उपाध्यायले बालेनको समर्थनमा निस्किने र्याल सभागृहबाट भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्ने बताएका छन् ।

उपाध्यायले फेसबुकमा लेखेअनुसार कलंकीबाट स्वयम्भू, बालाजु, महाराजगञ्ज, चाबहिल, गौशाल, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुलामञ्चमा आएर र्याली समापन गरिने छ ।

यद्यपि हिजो बुधबार आफ्नो जीत सुनिश्चित भएपछि बालेनले फेसबुकमार्फत विजय जुलुस नगर्न र आफू रहेकै ठाउँबाट धन्यवाद र्याली गर्न आग्रह गरेका थिए । त्यसैले बालेनका समर्थकहरुले र्यालीलाई धन्यवाद र्याली नाम दिएका छन् । समर्थकहरुले र्याली सभ्य र अनुशासित हुने तथा कसैको विरोध नगरिने बताएका छन् ।




भर्खरै