२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक चीन नीतिमा नेपाल छ कि छैन ?- देउवालाई ओलीको प्रश्न



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री उज्रा जिया तिब्बती शरणार्थी क्याम्प गएकामा आपत्ति प्रकट गरेका छन् ।

प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सरकारले छद्म विदेश नीति लिएको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे, “नेपाल एक चीन नीतिमा छ कि छैन ?”

ओलीले एउटा सहायक मन्त्री आउँदा सरकारको स्कर्टिङ लिएर गुम्बागुम्बामा कसरी पुग्न सक्छ भन्दै उनले प्रश्न गरे, “अमेरिकी सहायकमन्त्रीलाई गुम्बामा प्रवेश गर्न कसले अनुमति दियो ? किन अनुमति दियो ? छिमेक सम्बन्धप्रति हाम्रो इमान्दारी हुन्छ कि हुँदैन ? हाम्रो संविधानले भनेको तटस्थता यही हो ?”

उनले सरकारको परराष्ट्र नीति लाचार बनेको टिप्पणी गरे । छिमेकी राष्ट्रहरूको संवेदनशीलता र सन्तुलित सम्बन्धमा सरकारले ध्यान दिन नसकेको उनले आरोप लगाए ।