२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपीजी प्रतिवेदन बुझेर सदनलाई जानकारी गराउन ओलीको सरकारलाई आग्रह



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भारतले गठन गरेको प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले बनाएको प्रतिवेदन बुझेर सदनलाई जानकारी गराउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रतिवेदन बुझेर त्यसका अन्तरवस्तु संसद्लाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।

उनले भने, “नेपाल र भारतका दुई प्रधानमन्त्रीले औपचारिक वार्तामा बसेर गठन गरेको ईपीजी समूहले दुईपक्षीय सहमतिमा बनाएर दुई वर्षभन्दा बढी काम गरेर बनाएको रिपोर्ट बुझे बुझाएको छैन । के भनियो भने भारतले बुझेन । म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, एउटा प्रधानमन्त्रीले पहिले बुझ्नुपर्‍यो नि ? नेपालले किन बुझ्दैन ? प्रधानमन्त्रीज्यू ईपीजी प्रतिवेदन बुझेर सदनलाई जानकारी गराउनुस् ।”

सन् २०१९ मै तयार भएको ईपीजी प्रतिवेदन ओलीले स्वयं प्रधानमन्त्री हुँदा बुझेका थिएनन् ।