२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाउन मन्त्रिपरिषद्ले दियो सैद्धान्तिक सहमति



अ+ अ-

काठमाडौँ । पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा प्रतिलिटर १० रुपैयाँले घट्ने भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा प्रतिलिटर १० रुपैयाँ घटाउन सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयको भनाइ छ ।

अब नयाँ बजेटमा पेट्रोलियम पदार्थको करमा १० रुपैयाँ घटेर आउने छ । यद्यपि कुन कुन शीर्षकमा कर घटाउने हो भन्ने निर्णय हुन बाँकी रहेको बताइएको छ । आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा कर घटाउने प्रस्ताव लगेको थियो । कर घटाउँदा भन्सार र पूर्वाधार करमा पाँच/पाँच रुपैयाँ घटाउन सकिने समाचार छ ।

हाल नेपाल आयल निगमले सरकारलाई प्रतिलिटर पेट्रोलमा विभिन्न शीर्षकमा ५४ रुपैयाँ ४७ पैसा कर तिर्दै आएको छ । अर्थात उपभोक्ताले त्यति नै बराबरको कर तिर्दै आएका छन् । त्यस्तै उपभोक्ताले डिजेलमा सरकारलाई ३७ रुपैयाँ तिर्नुपरिरहेको छ ।