२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई दुःख हैरानी र चरित्र हत्या गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई दुःख हैरानी र चरित्र हत्या गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटस्थित दुर्गाभवानीपुर गाउँपालिका–४ बस्ने २७ वर्षीय कृष्णकुमार यादव रहेका छन् । उनी प्रहरी चौकी बटेश्वर धनुषा दरबन्दी भएका प्रहरी जवानसमेत हुन् ।

यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपात्य हुने अन्तरङ्ग तस्बिरहरु सामाजिक सञ्जाल ह्वाट्सएप, फेसबुकलगायतमा पोष्ट गर्ने, धाक धम्की दिई पीडितलाई मानसिक तनाव, दुःख हैरानी, समाजमा बदनाम र बेइज्जत गराई चरित्र हत्यासमेत हुने कार्य गरेकाले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

त्यसैगरी सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट खोली पीडित युवतीको अन्तरङ्ग तस्बिरहरु आफन्त र साथीभाईलाई पठाई चरित्र हत्या गर्ने कार्य गरेका हाल सुनसरीस्थित धरान उपमहानगरपालिका–३ मा अस्थायी बसोबास गर्ने ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासिमलाई सोही ऐनअन्तर्गत पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रहरीले दुवैलाई जिल्ला अदालत काठमाडौँबाट बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।