२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोमसोममा अवतरण हुन नसक्ने भएपछि पोखरा नै फर्कंदै थियाे विमान !



अ+ अ-

काठमाडौँ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज म्याग्दीको लेते पहाड पुगेपछि टावरसँग सम्पर्क टुटेको हो ।

क्याप्टेन प्रभाकर घिमिरेसँग काम गरेका एक पाइलटले न्यूजपोलारसँग भन्नुभयो, “उहाँ एकदमै अनुभवी र उड्डयन सुरक्षामा ध्यान दिने व्यक्ति हो । मौसमको अवस्थामा ढुक्क भएपछि मात्र उडान गर्ने स्वभाव उहाँमा छ ।”

लेते नजिक पुगेपछि १२ हजार ८०० फिटको उचाइमा निकै बाक्लो बादल रहेको कारण घिमिरेलले विमानलाई पोखरा तर्फ डाइभर्ट गराउने प्रयास गर्नुभएको हुन सक्छ ।

तारा एयरको सो विमानभन्दा केही समयअघि मात्र समिट एयरको विमान जोमसोमका लागि उडान गरेको थियो । ती पाइलटका अनुसार समिट एयरको पाइलटले मौसमको बारेमा जानकारी गराए लगत्तै त्यस क्षेत्रमा बाक्लो बादलले ढाकेको हुनुपर्छ ।

यसैबीच हराएको सो विमान खोज्न गएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण फिर्ता भएको छ ।




भर्खरै