२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्याप्टेन घिमिरेले जोमसोम टावरसँग हावाको गति सोधेका थिए, लगत्तै विमान सम्पर्कविहीन



अ+ अ-

काठमाडौं । जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माले जहाजका पाइलट प्रभाकर घिमिरेले लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा गरेको बताए । पाइलट घिमिरेले आफूसँग जोमसोम क्षेत्रको हावाको गतिको विवरण मागेको उनले बताए ।

यसअघि तारा विमानभन्दा पहिला समिट एयरको विमान आइरहेको उनले बताए । “तारा एयरका क्याप्टेन घिमिरेले मसँग जोमसोमको हावाको गति कति छ भनेर माग्नुभएको थियो, मैले घिमिरेलाई हावाको गतिबारे जानकारी दिएपछि म समिटको जहाजलाई अवतरण गराउनतिर लागेँ, त्यसपछि ताराको जहाजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै भएन।”

शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो। उनले हावाको गति ठिक नभए पनि जोमसोममा यो गतिको हावामा उडान र अवतरण हुनसक्ने उनले बताए । शर्माका अनुसार जोमसोममा ३० नटिकल माइल प्रतिघण्टा (५५.५६ किमि) को गतिमा हावा रहँदासम्म उडान र अवतरण गर्ने गरिएको छ।