२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय भू उपयोग योजनाकार्यान्वयनमा ल्याइने



अ+ अ-

काठमाडौं । सरकारले भूमिको समूचित उपयोग गर्न संघीय भू उपयोग योजना कार्यान्वयनमा ल्याउने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो व्यवस्था गरिएको हो । त्यसैगरी बजेटमा प्रदेश र स्थानीय तहमा भू उपयोग योजना तर्जुमा गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थिति बसोबासीहरुको व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा अघि बढाउन राष्ट्रिय भूमि आयोगमार्फत् प्राथमिकताका साथ अघि बढाइने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘बैज्ञानिक भूमि सुधार योजना तर्जुमा गरि कार्यान्वयन गरिनेछ । भूमिको समुचित उपयोग गर्न संघीय भू उपयोग योजना कार्यान्वयन गरिनेछ । कृषियोग्य जमिन अन्य प्रयोजनमा प्रयोग गर्न निरुत्साहित गरिनेछ । प्रदेश र स्थानीय तहमा भू उपयोग योजना तर्जुमा गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराईनेछ । भूमिहिन, दलित, सुकुम्बासी एवम् अवस्थित बसोबासीहरुको व्यवस्था गर्ने कार्यलाई राष्ट्रिय भूमि आयोगमार्फत प्राथमिकताका साथ अघि बढाइनेछ । जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यलाई निरन्तरता दिई थप ३ सय स्थानीय तहका पाँच लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिनेछ । पुनस्थापना अन्तरगतको सुविधा पाउन बाँकि मुक्त कमैया, मुक्त हलिया, कमलरी तथा हरुवाचरुवाको पुर्नस्थापना गरी जीविकोपार्जन, रोजगारी सृजना र क्षमता विकासका कार्यक्रमहरु आवद्ध गरिनेछ । स्थानीय तहमा गरिव तथा सिमान्तकृत समूदायलाई कृषिमा आधारित एकीकृत उत्पादनमार्फत् आर्थिक क्रियाकलापमा आवद्ध गरी स्थानीय स्तरमा थप रोजगारी सृजना गरिनेछ ।

स्थानीय सरकारको सहजीकरणमा चक्लाबन्दी, सामूहिक खेती, सहकारी खेतीजस्ता कार्यक्रम संचालन गर्दा अति विपन्न, गरिव, भूमिहिन, दलित, सीमान्तकृत र उद्यमशील युवाहरुलाई प्राथमिकता दिईनेछ । सरकारी, सार्वजनिक र गुठी जग्गाको संरक्षणका लागि नक्सा सहितको विस्तृत डिजिटल अभिलेख तयार गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिनेछ । आगामी आर्थिक वर्ष १२६ नापी कार्यालयहरुमा भू सूचना प्रविधिमा आधारित अनmलाईंन सेवा प्रवाह प्रणाली कार्यान्वयनमा ल्याईनेछ । भू सूचना अभिलेख व्यवस्थापन प्रणालीलाई स्तरोन्नति गर्दै मालपोत कार्यालयबाट प्रदान हुने सेवालाई एकीकृत रुपमा प्रवाह गरिनेछ । घरजग्गाको मूल्यांकन प्रणालीलाई व्यवहारिक बनाई एकरुपता प्रदान गर्न भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत घरजग्गा मूल्यांकन प्रणाली विकास गरी सबै सरोकारवालाहरुले सो मूल्यांकन प्रणाली अनिवार्य रुपमा प्रचलनमा ल्याउने व्यवस्था मिलाइनेछ ।

नापचाज गर्न छुट भएका जग्गाको नापजाँच गरी स्थानीयलाई जग्गाको स्वामित्व प्रदान गरिनेछ । घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक निकायबाट अधिकार प्राप्त व्यक्ति र कम्पनीले मात्रै घरजग्गा कारोबार गर्न पाउने आवश्यक प्रबन्ध गरिनेछ । आगामी आर्थिक वर्षदेखि महानगरपालिका र उपमहानगरपालिकामा सो व्यवस्था कार्यान्वयन गरी क्रमशः सबै स्थानीय तहमा लागु गरिनेछ ।’