२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गङ्गा दशहरा पर्वअन्तर्गत गोसाइँकुण्ड मेला सुरू



अ+ अ-

रसुवा । गङ्गा–दशहरा पर्वअन्तर्गत रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन निलाद्री पर्वत उक्लन थालेका छन् । पवित्र कुण्डमा स्नान र पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने र शरीरका रोगव्यादसमेत हट्ने विश्वास रही आएको छ । आजदेखि सुरू भएको गङ्गा–दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ । देवताका पनि देव महादेव भगवान् शङ्कर (शिवजी) गोसाइँकुण्डमा विराजमान रहनुभएको विश्वास गरिन्छ ।

गङ्गा दशहरा पर्वअन्तर्गत १० दिनसम्म चल्ने मेलामा आउने यात्रुहरूका लागि भोजन एवं बासस्थानको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायी तयार रहेको होटल व्यवसायी सङ्घ रसुवाका जिल्ला अध्यक्ष रामशरण गजुरेल निसानले बताउनुभयो ।

गङ्गा दशहरा पर्व मान्नका लागि यस वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको छ । समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड तीर्थमा एकपटक भए पनि पुगेर स्नान गर्नुपर्ने मान्यता रहिआएको छ ।

प्रत्येक वर्ष दुईपटक विशेष मेला लाग्ने र ती मध्ये जनैपूर्णिमा पर्वमा ठूलो मेला लाग्ने समाजसेवी टङ्कप्रसाद आर्चायले बताउनुभयो । अहिले सुरू भएको गङ्गा दशहरा पर्वमा नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवानसमेतका भक्तजनको आगमन भइरहेको स्थानीय होटल व्यवसायीले बताएका छन् । धार्मिक क्षेत्रको सुरक्षा व्यवस्था मिलाइसकिएको जनाउँदै जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले निर्धक्कसाथ धार्मिकयात्रा गर्न भक्तजनलाई अनुरोध गर्नुभएको छ । रासस




भर्खरै