२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा फौजी किराको प्रकोप, सम्बन्धित निकायबाट उचित पहल नहुदा किसान मर्कामा



अ+ अ-

सप्तरी । सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । उनीहरुका अनुसार दुई हप्ताहदेखि मकैका बोट तथा बिरुवाको पातमा फौजी किराले नष्ट गर्न थालेको हो ।

सप्तकोसी–१० का विनोद पण्डितले भन्नुभयो, “किसानले लगाएका मकैका बिरुवाको पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थालेका छन् ।”उक्त नगरपालिकाको वडा नं १ को फत्तेपुर, वडा नं २ को पर्सा, वडा नं को ३ सखुबनी, वडा नं को ४ बलार्दह र वडा नं ५को गङाजली क्षेत्रमा फौजी किराको बढी प्रकोप देखिएको छ । कृषि प्राविधिकको सल्लाहअनुसार आफूहरूले विभिन्न कीटनाशक औषधि प्रयोग गरे पनि प्रकोप नियन्त्रणमा आउन नकसेको वडा नं १ का राजकुमार चौधरीले बताउनुभयो ।

हुर्कंदै गरेको मकैमा किरा लागेर मेलैसँग मकैको बोट नै नष्ट गरेको बताउँँदै रामकृष्ण चौधरीले मौसम पनि ठिकै भएकाले बाली राम्रो होला भन्ठानेकामा किरा लागेर सबै बोट सखाप हुन लागेको गुनासो गर्नुभयो । एघार वटा वडा रहेको उक्त नगरपालिकाका सबैजसो वडामा लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको स्थानीय किसानहरुले जानकारी दिए । विगत केही वर्षयता उक्त नगरपालिका क्षेत्रमा फौजी किराको समस्या देखिएको हो । समस्या सामाधानका लागि नगरपालिका, कृषि शाखालगायत सम्बन्धित निकायबाट उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दै आएका छन् ।