२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वराज पोखरेलको मुद्दाको सुनुवाई सर्यो,अर्को सुनुवाई अन्योल



अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय भएको भन्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले आलटाल गरेको छ ।

पोखरेलको मुद्दालाई लम्ब्याएर उनलाई घर पठाउने सार्वजनिक चर्चालाई पुष्टि हुने गरी सर्वोच्चले उनको मुद्दालाई लम्ब्याउने गरी मंगलबार सुनुवाइ गरेको छ ।

पोखरलको मुद्दाको पूर्ण सुनुवाइका लागि पेशी तोकिएको भए पनि त्यसअघि पूर्वडीआईजीहरु ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालको मुद्दाको पेशी चढेको थियो ।

न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुँडालको इजलासले गत वैशाख १९ गते अवकाश भइसकेका तत्कालीन ती डीआईजीहरुको मुद्दाको सुनुवाइ गर्दै एआईजी पोखरेलको मुद्दासँगै एकैपटक राखेर हेर्ने आदेश दिएपछि उनको मुद्दा लम्बिने भएको हो ।

आइजीपी नियुक्त गर्दा वरिष्ठता मिचेर आफूलाई अपूरणीय क्षति भएको भन्दै एआईजी पोखरेलले रिट दायर गरेका थिए । पोखरेल आगामी साउनमा अवकाश हुँदैछन् ।