२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति शर्मा लेबनान, सिरिया हुँदै अमेरिका जानुहुँदै



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आगामी असार ४ गते लेबनान र सिरियाको भ्रमण गर्नुहुने भएको छ ।

नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनानस्थित युनिफिल मिसन र सिरियास्थित युएनडोफ मिसनको निरीक्षण भ्रमण गर्नुहुनेछ ।

भ्रमणका क्रममा उहाँलगायतका भ्रमण टोलीले उक्त मिशनहरुको वस्तुस्थित, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिँदै र उक्त राष्ट्र तथा शान्ति मिशनका उच्चपदस्थ अधिकारीहरुसँग भेटघाट गर्नेछ ।

यस प्रकारको निरीक्षण भ्रमणबाट द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिवृद्धि हुनुका साथै उच्चपदस्थ अधिकारीहरुसँगको भेटघाटबाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ ।

सो निरीक्षण भ्रमणपश्चात प्रधान सेनापति शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा मिति असार १३ गतेदेखि असार १७ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमितरुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास नेपाली सेनाले लिएको छ ।