२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले पसिना पुछ्दै त कहिले पानी पिउँदै थिए केके, यस्तो थियो गायकको अन्तिम क्षण



अ+ अ-

एजेन्सी । मंगलबार राति यस्तो खबर आयो, जसले फिल्म इन्डस्ट्री जगतका मानिसको आँखा मात्र रसाएको छैन, सिंगो भारत र विदेशमा समेत रहने उनका सम्पूर्ण फ्यानहरुलाई स्तब्ध बनाएको छ ।

‘गायक केके रहेनन् ।’ यी शब्दहरूले आज धेरै मानिसहरूको हृदय तोड्यो । लाइभ कन्सर्टमा ‘हम रहे या न रहें कल’ गीत गाउँदै गर्दा यी गायकले साँच्चै यो संसार छाड्छन् भन्ने कसैले सोचेका थिएनन् ।

यो खबर पढ्ने, हेर्ने जो कोहीले लाइभ कन्सर्टमा के भयो जसले आफ्नो मनपर्ने गायक गुमाए भनेर सोचिरहेको हुनुपर्छ । आखिर, गायकले यस संसारलाई बिदा दिँदाको अन्तिम क्षण कस्तो रह्यो होला । यसबारे चर्चा गरौँ ।

गायक कृष्णकुमार कुननाथ उर्फ ​​केकेको कोलकाताको गुरुदास कलेजको फेस्टमा प्रस्तुति दिने क्रममा अचानक स्वास्थ्य बिग्रियो । दर्शकलाई मनोरञ्जन दिँदै गायक बारम्बार आफ्ना सहकर्मीहरूलाई आफ्नो स्वास्थ्यको बारेमा बताइरहेका थिए । तर दर्शकको मनोरञ्जनमा कुनै कमी भएन, जसका कारण उनले कहिले तौलियाले मुख पुछे, कहिले पानीको बोतल उठाए त कहिले स्टेजमा घुमेर आफ्नो प्रस्तुति जारी राखे ।

जब धेरै समस्या भयो, उनले निर्माताहरूलाई स्पटलाइट बन्द गर्न भने । साढे आठ बजे लाइभ कन्सर्ट सकेर केके होटल फर्के । तर, यहाँ पनि उनलाई आराम मिलेन र उनी एक्कासी ढले । त्यसपछि करिब १०ः३० बजे उनलाई कलकत्ता मेडिकल रिसर्च इन्स्टिच्युट (सीएमआरआई) लगियो, जहाँ उनलाई मृत घोषित गरियो । त्यसबखत अस्पतालका वरिष्ठ चिकित्सक, प्रशासनिक अधिकारी र प्रहरी वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

उनको निधनमा भारतका थुप्रै राजनीतिज्ञ, कलाकार, गायकहरुले समवेदना प्रकट गरेका छन् । उनको ‘तडप तडप’, ‘तु जो मिला’, ‘दिल इबादत’, ‘लबों को’, ‘खुदा जाने’, ‘आवारापन बन्जारापन’, लगायत सयौँ गीतहरु सुपरहिट छन् ।

‘असामान्य मृत्यु’ मुद्दा दर्ता
चर्चित गायक केकेको मृत्युपछि प्रहरीले मुद्दा दर्ता गरेको छ । स्रोतका अनुसार प्रहरीले ‘असामान्य मृत्यु’ को मुद्दा दर्ता गरेको छ । केकेको अनुहार र टाउकोमा चोटको निशान भेटिएको मिडिया रिपोर्टमा दाबी गरिएको छ । प्रहरीले आयोजक र होटलका कर्मचारीलाई सोधपुछ गर्न सक्ने बताइएको छ ।