२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयात घटाएर राजस्वमा वृद्धि गर्न सकिँदैनः प्रदीपकुमार ज्ञवाली



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताउनुभयो । राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उहाँले बताउनुभयो । उहाँले सेनिटरी प्याड र विद्युतिय सवारी साधनको आयातमा ठुला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गर्नुभयो । सांसद ज्ञवालीले शिक्षामा अर्बौ रुपैयाँ देश बाहिर गएको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘एकातिर आयात घटाउँछु भन्नुहुन्छ, अर्कोतिर राजस्व बढाउँछु भन्नुहुन्छ । जबकी हाम्रो राजस्वको अत्याधिक ठुलो हिस्सा आयातमाथि निर्भर छ । कयौँ चिजहरु यस्तो छ जहाँ निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी ल्याउनु भएको देखिन्छ । सेनिटरी प्याडको, विद्युतिय सवारी साधनको बारेमा जेजस्ता कुराहरु आइरहेका छन् यसअघि नै रेकर्ड भइसकेको हुनाले म दोहो¥याउन चाहान्न । पुँजिगत खर्च घटाउनुभएको छ । करिब २१ प्रतिशत छ । २१ प्रतिशत पुँजिगत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि यसको लागि त नयाँ आडम स्मिथ खोज्नुपर्ने हो कि ? नयाँ माक्र्स खोज्नुपर्ने हो कि ? हाम्रो सोझो अर्थतन्त्रको हिसाबले त यो कुरा कहीँ हुन्छ जस्तो मलाई लाग्दैन ।

सेवामा समेत हाम्रो ठुलो पैसा बाहिरिएको छ । यो वर्ष मात्रै झण्डै ४४ अर्ब रुपैयाँ शिक्षामा हाम्रो बाहिरियो । त्यसलाई रोक्न खोई हामीसँग कार्यक्रम ? त्यसको आधा मात्रै यहाँ देशभित्र शिक्षामा लगानी गर्ने हो भने हाम्रो सेवामा बाहिरिइरहेको पैसा त रोक्न सकिन्थ्यो । यस सम्बन्धी मैले कुनैपनि कार्यक्रमहरु देखिन ।’

सांसद ज्ञवालीले सरकारको क्रियाकलापले विदेशी लगानी भित्राउन नसकिने बताउनुभयो । उहाँले बिगतमा एमसीसीलाई गिजोलेजस्तै गरी अहिले बुढीगण्डकीलाई गिजोलिएको बताउनुभयो । सरकारले विदेशी लगानीकर्तालाई विश्वासको सन्देश दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ । तर तपाईहरुको क्रियाकलापले विदेशी लगानीकर्तालाई त लगातार हतोत्साही गराइरहेको छ । हिजो गिजोल्नुसम्म गिजोलियो एमसीसी । कुरो त जहाँको त्यही छ तर एमसीसी पास गर्नुभो । आज फेरी त्यसैगरी बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ । यसले लगानीकर्तालाई बाह्य जगतलाई विश्वासको सन्देश दिदैनँ । विश्वास भएन भने लगानी गर्दैन ।’

प्रस्तुत बजेटले अर्थतन्त्रको मुलभुत समस्यालाई समाधान गर्न नसक्ने उहाँको भनाई छ ।