२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस युक्रेन द्वन्द्वका कारण खाद्यान्न अभाव



अ+ अ-

संयुक्त राष्ट्रसंघ । रुस र युक्रेनका बीचमा जारी रहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघले केही समयदेखि नै विश्वमा खाद्यान्नको अभाव रहेको भन्दै अहिले रुस र युक्रेनको द्वन्द्वले गर्दा यो समस्या झन् बढ्न सक्ने जनाएको हो ।

द्वन्द्वका कारण सो क्षेत्रमा र त्यहाँ मात्र नभएर खाद्य असुरक्षाको अवस्था विभिन्न देशहरु हुदै संसारभर फैलिन पनि सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले बुधबार स्टकहोल्ममा सो कुरा बताउनुभएको थियो ।

महासचिव गुटर्रेसले बुधबार नै स्वीडेनका प्रधानमन्त्री माग्दालेना एन्डर्सनसँग भेटवार्ता गर्नुभएको थियो । त्यस भेटका क्रममा उहाँले विश्वमा बढ्दो खाद्य असुरक्षाका बारेमा कुराकानी पनि गर्नुभएको बताइएको थियो । त्यसक्रममा उहाँले रुस युक्रेन द्वन्द्वका साथै महामारीपछिको युरोपका बारेमा कुराकानी पनि गर्नुभएको बताइएको छ ।




भर्खरै