२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने सांसद श्रेष्ठको जोड



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं वासी नै प्रधानमन्त्री र महत्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारको ध्यान राजधानी बनाउने कुराहरुमा जान नसकेको पनि बताउनु भयो । सांसद श्रेष्ठले काठमाडौंलाई बस्न, घुम्न, हेर्न र हिँडडुल गर्नसक्ने राजधानी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौं जस्तो सांस्कृतिक शहरलाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं देशको राजधानी हो । मैले पटकपटक यो कुरा उठाइरहेको छु । अहिले राजधानीका विषयमा, यहाँका विकासका कुरामा, यातायातलाई व्यवस्थित गर्नको लागि अहिले पनि आएको छ । फ्लाइओभर राख्ने कुराहरु । अण्डरपास बनाउने कुराहरु । यो निरन्तर रुपमा आइरहेको छ । तर यो कार्यान्वयनमा जान सकिरहेको छैन । एउटा समस्या त्यहाँ छ । देशको राजधानी भनेको अनुहार हो ।

सबैले पहिला हेर्ने भनेको राजधानी हो । राजधानीमा आइसकेपछि शहरको सुन्दरता, यहाँको व्यवस्थापन, यहाँको वातावरण सबै कुरा हेरेर कसैले देशको अवस्था कस्तो रहेछ भनेर मनस्थिति बनाएको हुन्छ । हामीले हाम्रो राजधानी काठमाडौंलाई बनाउनको लागि मलाई अहिलेसम्म बिजिरहेको कुरा, म यहीँ जन्मिएर हुर्किएको मान्छे, राजधानी बनाउन राजधानीबाट नै प्रधानमन्त्री बन्नुपर्ने हो कि ? राजधानीबाट नै महत्वपूर्ण मन्त्रीहरु हुनुपर्ने हो कि ? त्यसपछि मात्रै यो राजधानी बन्ने हो कि ? सरकारको ध्यान राजधानी बनाउने कुराहरुमा यथेष्ठ किन जान सकिरहेको छैन ? मलाई चिन्ताको विषय लागिरहेको छ । बस्न योग्य राजधानी बनाउनु प¥यो । हेर्नयोग्य, घुम्न योग्य राजधानी बनाउनु प¥यो । हरेक पर्यटक घुम्न आउँ भन्ने राजधानी बनाउनु प¥यो ।

राजधानीलाई बनाउने कुरामा एकीकृत ढंगबाट योजना ल्याउने, देशका पूर्वाधार गर्ने कुराहरु गर्नुपर्छ । आजपनि राजधानीको बीच सडकमा पानी जम्ने, घरभित्र पानी पस्ने, जसले जनजीवन अस्तव्यस्त बनाइरहेको छ । राजधानीमा ५ मिनेट हिँडेर घुमौँ भन्ने वातावरण छैन । हामी समृद्धिका कुरा गरिरहेका छौँ । तर आज राजधानी बनाउने कुरा गर्दैनौँ भने हाम्रो देश बनाएका छौँ भनेर कसैलाई पनि भन्न सक्दैनौँ । सांस्कृतिक शहरलाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउने कि नबढाउने ? सांस्कृतिक शहर नै कायम रहनेगरी राजधानीको विकासको खाका कोर्नुपर्छ । ¥यापिट ट्रान्जिट खालका बसको सिस्टम अघि बढाउने हो भने ५ महिनामै यो काम हुनसक्छ ।’

सांसद श्रेष्ठले काठमाडौंमा ¥यापिट ट्रान्जिट खालका बसको सिस्टम अघि बढाउन पनि सरकारसँग आग्रह गर्नुभयो ।