२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलुबालीमा कीराको प्रकोपले किसान चिन्तित



अ+ अ-

डडेल्धुरा । लगाइएको बाली कहिले जङ्गली जनावरले त कहिले कीराफट्याग्राले नष्ट गर्न थालेपछि यहाँका चिन्तित भएका छन् ।

वर्षेबाली बँदेल र दुम्सीले नष्ट गर्ने गरेकामा हिउँदे बालीका रुपमा लगाइएको आलुखेती कीराले नष्ट गरेको छ ।अमरगढी नगरपालिकाका विभिन्न क्षेत्रमा आलु बालीमा कीराले नष्ट गरेकाले अहिले त्यहाँका किसान समस्यामा परेका छन् । सुरुमा हुर्कदै गरेको आलुको बोटमा कीराले सखाप पार्योे । बचेका केही बोटमा फल लागे पनि कीराले नष्ट पारिदिएर उत्पादन घटेकामा किसान चिन्तित भएका हुन् ।

वडा नं ३ हाटगाउँका विभिन्न ठाउँमा आलुमा लाग्ने कीराका लार्भाले पातमा क्षति पुर्याउनका साथै फलमासमेत खोप्टा मात्रै बाँकी राखेकोे छ । हाल जिल्लाभरि नै आलुमा यस्तो समस्या देखिएको पीडित किसानले बिताए । पाँच क्विन्टल बीउबाट ४० देखि ५० क्विन्टलसम्म आलु उत्पादन हुने यो क्षेत्रमा अहिले भने बीउ बराबरको मात्रै आलु उत्पादन भएको स्थानीय किसान शेरबहादुर थापाले बताउनुभयो । कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत खेमराज पनेरुका अनुसार कीरालाई उपयुक्त हुने वतावरण मिलेका कारणले पनि आलु बाली नष्ट पारेको हुनसक्ने बताउनुभयो ।

कीरामा विषादी सहन गर्न ससक्ने क्षमता बढेको र वातावरण पनि अनुकूलन हँुदै आएका कारण टुटा, खुम्ले, स्केल, फेद कटुवा, रातो कमिलाको प्रकोप बढेको पाइएको उहाँले जानकारी दिनुभयो । माटो परीक्षण गरी कीरा तथा अन्य रोेग निरोपणका लागि विभन्न उपाय अपनाउन सकिने भएकाले यसबारे जानकारी लिन किसानलाई अधिकृत पनेरुले आग्रह गर्नुभयो ।

आलु फल्नै लाग्दा कीराले फल सबै सखाप पारेकाले कतिपय किसानले मेटासिट, कसैले खरानी र कसैले पसलमा पाइने अन्य औषधि खोजी गरी आलु बारीमा छर्न सुरु गरे पनि धेरै क्षेत्रफल जमिनमा सम्भव नभएको अर्का किसान ज्ञानुदेवी उप्रेतीको दुःखेसो थियो । उक्त नगरपालिकाका व्यावसायिक आलु खेती गरी जीविकोपार्जन गर्दै आएका किसान पनि यो पटक कीराको चपेटामा परेका हुन् ।आलुको बोट सबै कीराले नष्ट गरेको गुनासो गर्दै कृषक उप्रेतीले किसानको प्रमुख आयस्रोतको रुपमा रहेको बालीनै जोखिममा परेको बताउनुभयो । व्यावसायिक रुपमा आलु खेती गर्ने किसानले वर्सेनि जोखिम मोल्दै आउनुपरेको छ । कुनै वर्ष खडेरी, कहिले असिनापानी र कहिले कीराले आलु बाली नष्ट गर्ने गरेको उनीहरुको भनाइ छ।