२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र निर्माणमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता – शंकर पोखरेल



file
अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताउनुभएको हो । उहाँले दलहरुको गठबन्धनले देश बनाउन नसकिने बताउनुभयो । उहाँले जति धेरै राजनीतिक दलहरु हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने बताउनुभयो । देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरुको निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।

महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरु राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘दुनियाँमा कहीँपनि गठबन्धनले देश बनाएको, दलहरु मिलेर देश बनाएको भन्नेकुरा हामीले सुन्दैनौँ । देश बनाउनका लागि राष्ट्रिय शक्ति चाहिन्छ । गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन । आज मुलुकको राजनीतिलाई गठबन्धनतर्फ लाने जुन कोसिस भएको छ । यो राष्ट्र निर्माणको बाटो होइन ।

प्राविधिक रुपमा जित हासिल गर्नका लागि गठबन्धन सफल भयो होला तर त्यसका माध्यमबाट राष्ट्र बन्न सक्दैन । राष्ट्र बन्नका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ । जति धेरै राजनीतिक दलहरु त्यति धेरै अस्थिरता । जति धेरै राजनीतिक दलहरु त्यति धेरै नीतिगत विचलन । जति धेरै राजनीतिक दलहरु त्यति धेरै वैदेशिक हस्तक्षप । यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो । पीडा हो । यदी हामी राष्ट्र बनाउन चाहान्छौँ भने त्यो अवस्थाबाट मुलुकलाई मुक्त गर्नु जरुरी छ र नेपालमा थोरै, बलिया राष्ट्रिय शक्तिहरुको निर्माण गर्नु जरुरी छ । होला असन्तुष्टिहरु बालेनका रुपमा वा साम्पाङका रुपमा बेला बखत प्रकट हुन्छन् । तर त्यो राज्य सञ्चालकको प्रवृत्ति होइन ।

एकप्रकारले भन्ने हो भने त्यो राजनीतिमा नो भोटको प्रवृत्तिका रुपमा त्यस्ता पात्र, प्रवृत्तिहरु देखा पर्छन् । त्यसअर्थमा राजनीतिक दलहरुले मुलुकलाई सहि प्रकारको विकल्प दिन नसक्दाखेरी मतदाताहरुले विद्रोह गरे र स्वतन्त्र व्यक्तिहरु विजेता बनेका छन् तर मुलुकलाई नेतृत्व गर्ने सहि बाटो होइन । र उनीहरु साच्चै राजनीतिमा सफल हुन चाहान्छन् भने संस्थागत प्रकृयामा जोडिनु जरुरी छ । स्वतन्त्र व्यक्तिहरुका लागि कुन पार्टी मन पर्छ उनीहरुको छनौटको अधिकारको कुरा हो । तर एक्लै समाजलाई बदल्छु भन्नेखालको कुरा यो न हिजो सम्भव भएको थियो । न भोली सम्भव हुन्छ ।’

महासचिव पोखरेलले भन्सार नीतिमा गरिएको हेरफेरका कारण विदेशी मुद्राको सञ्चितीमा गिरावट आएको बताउनुभयो । व्यापारीहरुले आयातमुखि नीति फेरी नआउने ठानेर अस्वभाविक रुपमा आयात गरेका कारण विदेशी मुद्राको सञ्चितीमा ह्रास आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘विदेशी मुद्राको सञ्चितिमा यसप्रकारको गिरावटको कारण के हो, सहि प्रकारको नीतिले त्यस्तो भएको हो ? मलाई लाग्दैन । हाम्रा आम नीतिहरु सहि हुँदाहुँदै सञ्चितिमा गिरावट आयो भन्ने कुरा मलाई लाग्दैन ।

आयातका लागि एलसी स्वीकृत गर्नेकुरा भनेको राष्ट्र बैंकको निगरानी भन्दा बाहिर हुन्छ भन्ने मलाई लाग्दैन । र भन्सार नीतिमा जुन प्रकारको हेरफेर गरिन्छ, त्यो हेरफेरको प्रभाव नै आयातमा अस्वभाविक वृद्धि भयो । के अर्थमा व्यापारीहरुले लिए त भन्दाखेरी यसप्रकारको आयातमुखि नीति भविष्यमा फेरी प्राप्त हुँदैन भन्ने प्रकारको मान्यता बनाए र उनीहरुले अस्वभाविक ढंगले आयात गर्ने काम गरे । जसका कारणले गर्दाखेरी विदेशी मुद्राको सञ्चितीमा उल्लेख्य ह्रास आयो ।’

उहाँले राज्यले हुण्डी कारोबारीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको बताउनुभयो । रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउन छाडेको उल्लेख गर्दै उहाँले बैंकिङ नीतिलाई प्रभावकारी बनाउन सकेको भए त्यसो नहुने धारणा राख्नुभयो । सरकारले स्रोत नखुलेको लगानी भित्राउने नीति अगाडी बढाएसँगै बजारबाट पैसा हराएको उहाँले बताउनुभयो ।