२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित



अ+ अ-

काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित भएको जनाएको छ ।

एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी भोलि जेठ २० गतेदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो ।

यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले तारा एयरले विशेष कारणबस पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको राससलाई जानकारी दिनुभयो । यस्तै यती एयरलाइन्सका बिहीबारका लागि काठमाडौँबाट पाँच र नेपालगञ्जबाट हुने पाँच उडान रद्द भएका छन् ।

उडान गन्तव्यमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडान रद्द भएको प्रवक्ता बर्तौलाले बताउनुभयो ।

चार दिन पहिला पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना भएको थियो । दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको निधन भएको थियो ।