२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सि डिभिजन लिगः सानेपाको सुखद अन्त्य



अ+ अ-

काठमाडौं । सानेपा क्लबले सहिद स्मारक सी डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रमाथि ४–० को सहज जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा पहिलो हाफ गोल रहित बराबरी खेलेको सानेपाले दोस्रो हाफमा गोलको वर्षा गरेको हो । पहिलो हाफमा केही रक्षात्मक जस्तो खेल देखाएको सानेपाले दोस्रो हाफमा भने आक्रामक खेल देखाउँदै जितबाट सि डिभिजन लिगको अन्त्य गरेको हो ।

खेलको ६० औं मिनेटमा सुशान्त थापाले गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए । डिफेन्डरले किलियर गर्न नसकेको बललाई सुशान्तले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ७६औं मिनेटमा सानेपाले गोल गर्दै अग्रता दोब्बर बनाएको खेलमा बाँकी समयमा थप दुई गोल गर्दै ४–० को सहज जित निकाल्न सफल भएको हो ।

यस जितसँगै सानेपा चौथो स्थानमा उक्लिएको छ । १३ खेल खेल्दा सानेपाले २३ अंक जोड्यो । समाज कल्याण भने आठौं स्थानमा झरेको छ । यस अघि भएको खेलमा रानीबन स्पोर्ट्स क्लबले बिरगञ्ज युथ एकेडेमीलाई २–१ गोल अन्तरले स्तब्ध बनाउँदै रानीबनले एक स्थान सुधार गर्दै सातौं स्थानमा उक्लिएको थियो ।

१४ क्लबको सहभागिता रहेको सि डिभिजन लिगमा झापा फुटबल क्लबले बी डिभिजन लिगका लागि स्थान बनाइसकेको छ । अन्तिम चरणका खेल बाँकी रहेको अवस्थामा बीरगञ्ज युथ एकेडेमी र ओएसीस क्लब रेलिगेशनमा पर्ने पक्का भएको छ ।

लिगमा शुक्रबार तीन खेल हुनेछन् । दशरथ रंगशालामा हुने खेलमा स्पोट्र्स एकेडेमी साँगाले आरसी ३२ सँग प्रतिस्पर्धा गर्दा एन्फा कम्पलेक्समा ओएसिस र प्लानिङ ब्वाईज युनाईट तथा बी डिभिजनमा बढुवा भएको झापाले स्वयम्भू क्लबबीच लिगको अन्तिम खेल हुनेछ ।