२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौकामा चौका हान्नुपर्छ भन्ने सरकारलाई लागेको छ: गोकुल बास्कोटा



अ+ अ-

काठमाडौंः नेकपा एमालेका नेता एवं सांसद गोकुल प्रसाद बास्कोटाले रुस, युक्रेन युद्धलाई देखाएर सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न लागिपरेको दोषारोपण गर्नु भएको छ ।

प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमाले सांसद बास्कोटाले भन्नुभयो, “नेपाल यस्तो देश हो, र यहाँको सरकारको एउटा अनौठो विशेषता छ । यो सरकार कस्को नीति बमोजिम चलेको छ, थाहा छैन ।”

उहाँले प्रश्न गर्नुभयो, “युक्रेन र रुसबीचको युद्धका बारेमा सरकारलाई थाहा थिएन ? रुसबाट कच्चा तेल भारतले किन्छ भन्ने पनि सरकारलाई थाहा थिएन ?”

“अहिले महंगी बढेको हेर्दा मौकामा चौका हान्नुपर्छ भन्ने सरकारलाई लागेको छ । अहिले आइओसीले तेलको मूल्य बढाउँछ । सरकारले अरुतिर किन हेर्नु ? आइओसीले जति मूल्य बढाए पनि सरकारलाई के मतलब ? पेट्रोल र खाद्यान्नका लागि डलर विदेसिँदैछ । अर्थविदहरुका अनुसार यही स्थिति रहिरहे नेपालमा रहेको डलरको संचिति सिद्धिन्छ र हामी श्रीलंका बन्छौं,” उहाँले भन्नुभयो ।

विभिन्न उपाय र तरिकाले चुहावट र महंगी नियन्त्रण गर्नु पर्नेमा यो सरकार चीर निद्रामा छ भन्दै उहाँले ब्राजिलले चिनीको निकासी रोकिसकेको समाचार छ, चाडबाड आउनै लाग्दा चिनीको अभाव हुँदैछ । यो कुरा कान खोलेर सरकारले सुनोस् भन्नुभयो ।

नेपाली कांग्रेसका डा मिनेन्द्र रिजालले महंगीबाट जनताले राहत प्राप्त गर्नुपर्छ तर डिजेल, पेट्रोलकै कारण मात्र महंगी नबढेको जिकिर गर्नुभयो । “यदि यस्तो हुने भए डिजेल, पेट्रोलको भाउ घटाए पुग्थ्यो ।”

पेट्रोलियम पदार्थको मूल्य घटाएर मात्र नहुने बताउँदै उहाँले नेपालमा भन्दा भारतमा मूल्य कम हुँदा नेपालबाट पेट्रोलियम पदार्थ चोरी भएर भारततिर पुग्ने खतरा रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।