२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली विद्यार्थी चीन फर्कन पाउने, शिक्षा मन्त्रालयले निकाल्यो सूचना



अ+ अ-

काठमाडौं । चीनका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरु चीन फर्कन पाउने भएका छन् ।

शिक्षा मन्त्रालयले आज प्रकाशन गरेको सूचनामा विद्यार्थीहरु चरणबद्ध रुपमा चीन फर्कन पाउन लागेका हुन् । धेरै नेपाली विद्यार्थीहरु चीनमा कोभिड १९ को महामारी फैलिएसँगै त्रासका कारण नेपाल फर्किएका थिए । तर चीन र नेपाल दुबै मुलुकमा कोभिड संक्रमण घटे पनि नेपाली विद्यार्थी चीन फर्कन पाएका थिएनन् ।

यस विषयमा नेपालले चीनसँग पटक पटक आग्रह गरिरहेको थियो ।

मन्त्रालयले जारी गरेको सूचनामा पहिलो चरणमा २८१ जना नेपाली विद्यार्थीलाई अध्ययन निरन्तरताको अवसर प्राप्त भएको छ । यद्यपी अझै ठूलो संख्यामा नेपाली विद्यार्थी चीन फर्कने प्रतीक्षामा रहेका छन् ।

चीन फर्कन लागेका विद्यार्थीले पुनः भिसा लिनुपर्ने र त्यसका लागि निवेदन दिन समेत मन्त्रालयले आग्रह गरेको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/06/चीनमा-अध्ययनरत-नपेाली-विद्याथीहरूको-विती-सम्बन्धी-सूचना-।.pdf” title=”चीनमा अध्ययनरत नपेाली विद्याथीहरूको विती सम्बन्धी सूचना ।”]