२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने काठमाडौँ महानगरप्रमुख बालेन साहको प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ महानगर उपप्रमुख सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौँको फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोल पुगेर प्रमुख साहले एक साताभित्र केमिकल प्रयोग गरेर सो क्षेत्रलाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“एक सातामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्यास पनि बनाइन्छ । त्यसका लागि तीन महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ”, उनले भने ।

बन्चरेडाडाँको पनि रिपोर्ट हेरिएको भन्दै उनले सड्ने र नसड्ने फोहोर छुट्टयाएर मल र ग्यास निकाल्ने बताए । प्रमुख साहका अनुसार यसका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनका लागि काठमाडौँ महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ ।

विज्ञहरुसँग आफूले यसका लागि छलफल गरिसकेको उल्लेख गर्दै तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्ने र सिसडोल तथा बन्चरेडाँडाको फोहोर व्यवस्थापन गर्ने बताए ।

सबै काम पूरा गर्न केही समय लाग्ने भएकाले काठमाडौँमा जम्मा भएको फोहोरको व्यवस्थापनमा अवरोध नगर्न उनले स्थानीयवासीलाई आग्रह गरे । उनले स्थानीयवासीको सबै समस्या समाधान गर्ने भन्दै तर फोहोर विसर्जन गर्न स्थानीयवासीले अवरोध गर्न नहुने बताए ।