२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपस्टार शाकिरा र फुटबल खेलाडी पिकेबीच सम्बन्धविच्छेद



अ+ अ-

काठमाडौँ । कोलम्बियाकी पपस्टार र फुटबल खेलाडी जेरार्ड पिकेबीच सम्बन्धविच्छेद भएको छ । पिके स्पेनको बार्सिलोनाका फुटबेल खेलाडी हुन् । आफूहरुबीचको १२ वर्षदेखिको सम्बन्धलाई टुङ्ग्याउने निर्णय गरेको दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै बताएका छन् ।

विज्ञप्तिमा उनीहरुले आफूहरु अलग भएको जानकारी गराउँदै खेद व्यक्त गरेका छन् । साथै उनीहरुले आफ्ना बालबच्चा मुख्य प्राथमिकता भएको जनाउँदै उनीहरुको गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन् ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल प्रतियोगिता सुरु हुनुअघि यी दुईबीच भेट भएको थियो र पछि सन् २०११ मा विवाह गरेका थिए । सो प्रतियोगितामा शाकिराले अफिसियल गीत ‘वाका वाका (दिस टाइम फर अफ्रिका’ गाएकी थिइन् जसमा पिकेलाई फिचर गरिएको थियो ।

४५ वर्षीया शाकिरा र ३५ वर्षीय पिकेका दुई सन्तान छन् ।