२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरनको परिवर्तित शैली र बजारको सम्भावना- फोटो फिचर



अ+ अ-

काठमाडौं । पछिल्लो समय पहिरनप्रति चासो र रुचि बढ्दै गएको छ । औपचारिक वा अनौपचारिक जमघटमा पोशाकप्रति सचेत हुने तथा अरुभन्दा केही फरक देखिने व्यवहारका कारण पहिरन तयार गर्ने व्यवसाय अर्थात बुटिक पेशाप्रति आकर्षणसमेत बढ्दै गएको छ।

अझ युवा पुस्ताले फेसन डिजाइनका बारेमा औपचारिकरुपमा शिक्षा र तालीमसमेत लिई यस क्षेत्रमा आउँदा यो राम्रो व्यवसाय बन्न पुगेको छ । प्रविधिले सहज बनाउँदै गएकाले स्वदेश तथा विदेशबाट राम्रो माग हुने डिभाइन फेसन बुटिकका सञ्चालिका शर्मिला न्यौपानेले जानकारी दिनुभयो।

उहाँका अनुसार बेबी सावर अर्थात बच्चा जन्मने तयारीका बेला, न्वारान, पास्नी, व्रतबन्ध, विवाहलगायतका संस्कारमा सामान्य समयमा भन्दा केही फरक डिजाइनका लुगा लगाउन खोज्ने चलन निकै बढेर गएको छ।

औपचारिक वा अनौपचारिक जमघटमा उपस्थित व्यक्तिहरुको कपडाको रङ र नमूना मिलाउने, परिवारका सदस्यहरुको पोशाकमा एकरुपता कायम गर्ने तथा आर्थिक अवस्थाले मजबुत भएका व्यक्तिहरुले फेरी फेरी नयाँ नयाँ पोशाक बनाउने शोख बढ्दै गएको छ।

जसका कारण फेसन डिजाइनप्रति आकर्षण बढेको न्यौपानेको बुझाइ छ । उहाँले भन्नुभयो, “स्वदेशमा मात्र होइन विदेशमा रहेका नेपालीहरुले पनि त्यहीँबाट शरीरको नाप र डिजाइनमा फोटोहरु पठाउने र नेपालबाट सिलाएर लैजाने धेरै नै छ।”

विदेशमा रहेका नेपाली समुदायहरुबाट चाडपर्व वा छुट्टीका समयमा हुने भेटघाटका साथै विभिन्न संस्कारमा प्रयोग हुने पोशाकको माग दिन प्रतिदिन बढिरहेको न्यौपानेले बताउनुभयो।

विशेष गरेर अमेरिका क्यानाडा, अस्ट्रेलिया, बेलायत जापानलगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहेका मुलु्कमा यस्ता पोशाकको माग ज्यादै नै छ। उहाँका अनुसार कतिपयले आफैँ नाप गरेर पठाउने गरेका छन् । भर्चुअल माध्यमबाट पनि शरीरको नाप लिएर पोशाक तयार पार्ने अनुभव न्यौपानेको रहेको छ।

 

न्यौपानेले तयार पार्नुभएको पहिरनहरु / फोटो- डिभाइन फेसन बुटिक