२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु



अ+ अ-

चितवन । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एकजनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारमा सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नंको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नंको ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार चेपाङको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको अधिकारीले बताए ।