२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मासिए मौलिकता झल्काउने बागलुङको घुमाउने घर



अ+ अ-

गलकोट । बागलुङमा पछिल्लो समय मौलिकता झल्काउने घर देखिनै छाडेका छन् । केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएका थुप्रै घुमाउने घर देखिए पनि पछिल्लो समय संरक्षण तथा आधुनिकताका नाममा मासिएका छन् ।

ढुङ्गा माटोको गारो । रातो माटो र सेतो कमेरोले पोतिएका घुमाउने घर केही वर्ष अघिसम्म देख्न पाइन्थो, अहिले घुमाउने घर बिरलै देख्न सकिन्छ । आधुनिक घर निर्माणसँगै घुमाउने घर अहिले देख्नै छाडिएको छ । बागलुङका धेरै स्थानमा घर, टिन तथा ढुङ्गाले छाएका घुमाउने घर मासिएका छन् । केही सीमित स्थानमा मात्रै संरक्षण गरेर राखिएका छन् । महत्व नबुझ्दा र आधुनिकताका नाममा आरसिसी घर निर्माणले तीव्रता पाउँदा घुमाउने घर सङ्कटमा परेका छन् ।

केही स्थानीयवासीले मात्रै घुमाउने घरलाई संरक्षण गरेर राखेका छन् । तीन पुस्ता परिवारका सदस्य हुर्काएको घुमाउने घरलाई संरक्षण गरेर राखेको बागलुङ नगरपालिका–६ लङ्गाउँका सिर्जना थापाले बताउनुभयो । “हजुरबुबाको पालाको घर संरक्षण गरेर राखेकी छु, धेरैले फोटो, टिकटक र भिडियो बनाएर लैजानुहुन्छ”, उहाँले भन्नुभयो, “लोप हुन थालेपछि यस्ता घरको खोजी, चासो र चिन्ता बढेको छ ।”

विशेषगरी मगर र गुरुङ समुदायको पहिचान बनेको घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएका छन् । परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर सङ्कटमा परेको गलकोट नगरपालिका–१० का चन्द्रबहादुर घर्ती मगर बताउनुहुन्छ । गाउँमा भएका त्यस्ता घर पनि जीर्ण बनेका छन् । पर्यटकका लागि रोजाइमा पर्ने भएकाले घुमाउने घरको संरक्षणमा स्थानीय लाग्नुपर्ने उहाँले बताउनुभयो ।

स्थानीयवासी चन्द्रकली विक अहिलेका घरभन्दा त्यसको स्वरुप नै फरक हुँदा बनाउने सिकर्मी र डकर्मी पाउन मुश्किल भएको बताउनुहुन्छ । ग्रामीण क्षेत्रमा सहरबजारमा जस्तै आधुनिक शैलीका पक्की घर बन्न थालेपछि घुमाउने घरसँगै ढुङ्गे घर लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । कला, संस्कृति र मौलिकता बोकेका यस्ता घरले गाउँले जनजीवन र पहिचान बोकेका भए पनि स्थानीय तहले संरक्षणमा चासो देखाएका छैनन् । परम्परागत मौलिक घुमाउने घर संरक्षण गर्न सके घरबाससमेत फस्टाउने अवस्था छ ।




भर्खरै