२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुबहु प्रश्नपत्रका सम्बन्धमा केन्द्रीय परीक्षा समितिद्वारा छानबिन



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ । त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो ।

मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ ।

त्रिवि मानविकी सङ्कायका डीन प्रा डा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि त्रिवि केन्द्रीय परीक्षा समितिसमक्ष आग्रह गरिसकेको जानकारी दिनुभयो । “हामीले हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि परीक्षा समितिलाई आग्रह गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “अब हुने परीक्षामा यस्तो समस्या आउन नदिनका लागि हामी सचेत छौँ ।”

त्रिविले विज्ञ समूहबाट प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरबाहीको कारणले अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिने गर्दछ ।

रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले मानविकी सङ्कायले छानबिनका लागि आग्रह गरेकाले हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्ने बताउनुभयो । “आज नै मानविकी सङ्कायले छानबिनका लागि आग्रह गरेको पत्र मैले प्राप्त गरेको छु”, उहाँले भन्नुभयो, “छानबिन गरेपछि कसको लापरबाही रहेको छ भन्ने थाहा हुन्छ ।”

उहाँले परीक्षामा गत वर्षको पनि प्रश्नपत्र सोध्न पाइने उल्लेख गर्दै प्रश्नपत्रको सेट छान्दा हुबहु पर्ने गएको हुनसक्ने बताउनुभयो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सन् २०२० र सन् २०२१ को हुबहु मिलेको छ । रासस




भर्खरै