३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने



अ+ अ-

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधरणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ ।

काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क उपलब्ध गराएको छ ।

छायाँ सेन्टरका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले विदेशी पर्यटकका साथै सर्वसाधरणलाई सहज हुनेगरी निःशुल्क शौचालयको व्यवस्था गरिएको बताउनुभयो । उहाँले महानगरपालिकाको घोषित निःशुल्क शौचालय सेवाको अभियानमा जोडिन पाउँदा खुसी लागेको भन्दै महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोल तथा ३२ वटै वडाध्यक्ष तथा सदस्यहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

“मेयर शाहबाट घोषित निःशुल्क शौचालय सेवाको अभियानमा ठमेल–२६ स्थित छायाँ सेन्टर, पर्यटकीय व्यापारिक कम्प्लेक्सले सहभागिता जनाउने निर्णय गरेको जानकारी गराउँछौँ’’, सेन्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।