२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा मन्त्रालयले शिक्षाको ‘स’ पनि उच्चारण गरेन- गिरिराजमणि पोखरेल



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक वृद्धिका लागि वैदेशिक रोगजारीबाट सीप बोकेर आएकाहरूको तथ्याङ्क लिन जरुरी रहेको बताउनुभएको छ । उनीहरुको सीपलाई उद्यमशीलता प्रवद्र्धनमा लगाउन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयका विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “त्यसरी सिकेर आएका श्रमिकहरूलाई पूँजी तालिम, उत्प्रेरणा र बजारसम्बन्धी ज्ञान दिएर उद्यमशीलता प्रवद्र्धनमा लगाउन सकियो भने अर्थतन्त्रलाई बहुआयामिक कोणबाट सुन्दर बनाउन भूमिका खेल्न सक्छ ।”

उहाँले यसका लागि निजी क्षेत्रको परामर्श सेवा तथा तथ्याङ्कसमेत लिन जरुरी रहेको र यसले एउटा संयन्त्रको समेत माग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले भनेको निजी लगानी भित्र्याउने कुरामा धेरै क्षेत्र पर्ने भएकाले सबै क्षेत्र समेट्न आग्रह गर्नुभयो ।

खानेपानी सेवा विस्तार तथा पुनःस्थापनामा पालिकागतरूपमा हेर्दा मधेस प्रदेशमा बजेट कम किन परेको हो आफूले जान्न नसकेको उहाँले बताउनुभयो । उहाँले जलवायु अनुकूलन बृहत् खानेपानी भन्ने शीर्षकमा रु तीन अर्ब ४३ करोड बजेट रहेकामा मधेसमा न्यून रहेको गुनासो गर्नुभयो ।

“ढल निर्माण तथा प्रशोधनका लागि जम्मा रु १० लाखमात्रै बजेट छ के गर्न खोजिएको आफूले बुझ्न सकेको छैन”, खानेपानी मन्त्रालयअन्तर्गतको विविध शीर्षकमाथिको छलफलमा उहाँले भन्नुभयो ।

पूर्वशिक्षामन्त्रीसमेत रहनुभएका नेता पोखरेलले शिक्षा मन्त्रालयअन्तर्गतका विषयगत शिर्षकको छलफलमा भाग लिँदै शिक्षामा विकृति बढेको बताउनुभयो । उहाँले सार्वजनिक शिक्षाको सवलीकरण दशकीय कार्यक्रम विसं २०७५ मा आफ्नो पालामा ल्याइएकामा अहिले शिक्षा मन्त्रालयले ‘स’ पनि उच्चारण गरेन किन होला भनी प्रश्न गर्नुभयो ।

स्कुलको प्रविधिमैत्री पूर्वाधार निर्माणमा समेत अहिलेको कार्यक्रममा अन्योलता देखिएको भन्दै उहाँले त्यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो । रेलवे पढाउनका लागि भनेर बजेट छुट्टिएकामा उहाँले सरकारलाई धन्यवाद दिनुभयो । रक्षा मन्त्रालयको विषयमा प्रश्न गर्दै उहाँले अमेरिकी सेनाका अधिकारीहरूको नेपाल भ्रमण र नेपाली सेनाको अमेरिकी भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले सैनिक रणनीतिक कार्यक्रमहरूमा जोडिन खोजिएको हो कि भन्ने प्रश्न उठेको भन्दै उक्त विषयमा स्पष्ट पार्न आग्रह गर्नुभयो ।