२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा सञ्चालन नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै हाल सामाजिक सञ्जालहरुमा अनुमतिपत्र प्राप्त नगरी विपरित स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको सञ्चालन/वितरण सम्बन्धमा विज्ञापन हुने गरेको भन्ने बुझिन आएकोले कोही कसैले पनि अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा सञ्चालन नगर्न र नगराउन सूचित गरेको हो ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २१ मा कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको स्पष्ट गरेको छ । त्यस्ता गैरकानूनी कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने प्राधिकरणले जनाएको छ ।

साथै सेवाग्राहीहरुलाई भ्रममा नपर्न र नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानूनी रुपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको कसैलाई थाहा/जानकारी भए प्राधिकरण अनुगमन महाशाखामा खबर गर्न सूचनामा अनुरोध गरिएको छ ।