२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सैन्य अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै



अ+ अ-

काठमाडौँ । अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चार्ल्स ए फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दैछन् ।

त्यस्तै उनले आजै सैनिक मुख्यालयमा प्रधानसेनापति प्रभुराम शर्मासँग द्विपक्षीय भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ । अमेरिकाले नेपाली सेनासँग हस्ताक्षर गर्न चाहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी समझदारीपत्र टुंग्याउनेबारे फ्लिनले उच्चतहमा कुराकानी गर्न सक्ने बताइएको छ ।

अमेरिकी दूतावासले कान्तिपथस्थित फोरा दरबारमा आयोजना हुने प्रवचन कार्यक्रममा अमेरिकाको नेपालसँगको परम्परागत सैन्य सम्बन्ध र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे फ्लिनले व्याख्या गर्ने समेत कार्यक्रम रहेको छ ।

उनलाई नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर पनि दिइने सेनाले बताएको छ।

यसैबीच माओवादी केन्द्रले अमेरिकी सैनिक जनरलको नेपाल भ्रमणप्रति आशंका व्यक्त गरेको छ । विशेषगरी माओवादी केन्द्रले नेपाल र अमेरिकाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको र उक्त सम्झौतामार्फत नेपाल सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजेको हो कि भन्ने आशंका गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा नेपाल जोडिन खोजको हो भनी सरकारलाई प्रश्न गरेका थिए ।

सरकारले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सदनलाई जानकारी गराउनुपर्ने उनको माग थियो।




भर्खरै