२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन सुरु नहुँदै बाढी र पहिराबाट बागलुङमा करोडौँको क्षति



अ+ अ-

बलेवा । यस वर्षको मनसुन सुरु नहुँदै परेको वर्षाका कारण बागलुङमा करोडौँको क्षति भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन फैलिने क्रममा छ । तर गत मङ्गबारदेखि बागलुङका विभिन्न ठाउँमा भइरहेको भीषण वर्षाका कारण दजनौँ घरपरिवार विस्थापित भएका छन् भने करोडौँ खर्चेर बनेका संरचना क्षत्विक्षत भएका छन् ।

जिल्लाको वर्षापछिको बाढी र पहिराका कारण जिल्लाको गलकोट नगरपालिकामा ३५ घरपरिवार पहिराको जोखिममा परेका छन् भने जैमिनी नगरपालिका–९ र १० मा १९ परिवार पहिराको जोखिममा परेका छन् । बुधबार साँझदेखि बिहीबार बिहानसम्म निरन्तर परेको वर्षाका कारण गलकोट र जैमिनी नगरका विभिन्न क्षेत्रमा रहेका खहरे खोला बढ्दा बाढीसँगै पहिरो चल्न थालेपछि बस्ती जोखिममा परेका हुन् ।

वर्षा सुरु भएसँगै जिल्लाभर त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा सडक क्षत्विक्षत बनाउनुका साथै कैयौँ सडक अवरुद्ध भएका थिए । यस वर्ष पनि जेठको अन्तिम साता परेको वर्षाले गतसाल जस्तै क्षति गर्ने त्रास रहेको जैमिनी–१० का शिव श्रीस मगरले बताउनुभयो ।

“सडक बनाउँदा गाउँ जोखिममा परेको छ, बस्तीभन्दा तलमाथि दुवैतर्फ सडक छ”, उहाँले भन्नुभयो, “वर्षा हुँदा बाढी सबै गाउँमा पस्छ, बसिनसक्नुभएको छ गाउँ ।” जैमिनी–१० राङ्खानीको सिप्रिङ र तोरीबारी गाउँका १७ घर परिवार स्थानान्त्रण गर्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।

“तत्कालका लागि तीन घर विस्थापित नै भए, अरु पनि बस्ती सार्नुपर्ने पहिलैदेखि आवाज उठेको हो”,उहाँले भन्नुभयोे, “बलवीर नेपाली, लालबहादुर नेपाली र मनबहादुर नेपालीको परिवार विस्थापित भएका छन् ।” वडा नं ९ पैँयुथन्थापमा पनि बाढी र पहिराका कारण दुई घर जोखिममा रहेका छन् ।

चालू आर्थिक वर्षमा करोडौँ खर्नेर स्तरोन्नति गरिएका गलकोट र जैमिनी नगरपालिकाका सडक पनि सवारी नै नचल्ने गरी बाढीले खोलेको छ । कालोपत्र भएका सडकमा समेत बाढीले ठूलो क्षति पु¥याएको नगरपालिकाको अनुमान छ । सडक निर्माणका क्रममा उचित भल व्यवस्थापन हुन नसक्दा बाढी र पहिराको क्षति व्यहोर्नुपरेको जैमिनी नगरपालिका–१ का टीकाराम शर्माले बताउनुभयो ।

गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पुर्याएकोछ । वडा नं १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीन वटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भुङ्खानी, गहते, काफलठुटालगायतका बस्ती पहिराको जोखिममा छन् । स्थानीय विजयी खत्रीको घरमा पनि पहिराले क्षति पु¥याएको छ । साविक वडा नं ३ का अधिकांश घर जोखिममा रहेको, हरेक घरका पछिपट्टि सानादेखि ठूलासम्म पहिरो खसेको उहाँले बताउनुभयो ।

पहिराका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग बिहीबार दिनभरि अवरुद्ध रह्यो । निरन्तरको प्रयासपछि बिहीबार साँझदेखि सडक खुलेको गलकोट नगरका प्रवक्ता हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

गलकोट–१ नरेठाँटी बजार र आसपासका ठाउँमा पनि बाढीपहिराका कारण घर जोखिममा छन् । नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा रहेको जनाइएको छ ।

बाढीले स्थानीय महेन्द्र माविको खेल मैदानसमेत पुरिएको छ । वर्षा भइरहँदा स्थानीयले बाढी नतर्काएका भए अझ ठूलो क्षति निम्तने अवस्था रहेको वडा नं २ का वडाध्यक्षसमेत रहेका नगरका प्रवक्ता भण्डारीले बताउनुभयो ।

वडा नं ३ को हटियाबजार–४ को डाँडाखेतलगायतका ठाउँमा पनि भलबाढीले क्षति पुर्याएको छ ।